दक्षिण कोरिया पुगेर नेता किमले भने- आजै शान्ति सम्झौता हुनसक्छ - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, April 26, 2018

दक्षिण कोरिया पुगेर नेता किमले भने- आजै शान्ति सम्झौता हुनसक्छ



१४ वैशाख, काठमाडौं । उत्तर र दक्षिण कोरियाका नेताहरुबीच ऐतिहासिक शिखर वार्ता सुरु भएको छ ।
वार्ताको क्रममा उत्तर कोरियाका नेता किम जोङ्ग उनले शान्ति होस् भन्नेहरुको आशा पूरा गर्नका लागि आजै एक सम्झौता हुने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ ।
गैरसैनिक क्षेत्रमा जारी वार्ताबाट दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणालगायतका विषयमा ऐतिहासिक निर्णय हुने अपेक्षा गरिएको छ ।
वार्ताका लागि उत्तर कोरियाका नेता किम दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनले वार्ता शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागत गरेका थिए । सो क्रममा दुवै नेताले एकअर्कासँग हात मिलाएका थिए । यसैगरी परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो । दुई देशको राष्ट्रिय गान पनि बजाइएको थियो ।
सन् १९५३ मा कोरिया युद्धपछि दक्षिण र उत्तरको रुपमा कोरिया बिभाजित भएको थियो । सो युद्ध अन्त्य भए पनि दुई देशबीच कटुतापूर्ण सम्बन्ध थियो । पछिल्लो समय त्यसलाई अन्त्यको प्रयास भइरहेको थियो । यही क्रममा दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages