५० अंकले सूचक बढ्दा नाफा कमाउने १५३ कम्पनीहरु, सवा अर्वको कारोबार - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Sunday, April 22, 2018

५० अंकले सूचक बढ्दा नाफा कमाउने १५३ कम्पनीहरु, सवा अर्वको कारोबार

साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । आज नेप्से सूचक ५० अंकले बढेर १४३८.४९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६७ कम्पनीका २८ लाख ८९ हजार ९ सय ४३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाको कारोबार भएको छ ।
आज २० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमा इन्स्योरेन्स समुह सबै भन्दा धेरै ३ सय ५२ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह सय अंकले बढेको छ । 
Image result for stock market
आज कुमारी बैंकको सबै भन्दा धेरै ५ करोड ३९ लाख बराबरकोको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, सानिमा बैंक , नेपाल बैंक लगायत रहेका छन् ।
आज कुमारी बैंकको सबै भन्दा धेरै १ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ ।

Source:bizpati

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages