डीटीटी प्रविधिको पहिलो टेलिभिजन चलाउँदै प्रभु समूह, एन्टेना र छाता नराख्दा पनि डिजिटल सेवा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, April 26, 2018

डीटीटी प्रविधिको पहिलो टेलिभिजन चलाउँदै प्रभु समूह, एन्टेना र छाता नराख्दा पनि डिजिटल सेवा




१० वैशाख, काठमाडौं । अबको एक महिनाभित्रै केबल नजोडी तथा  एन्टेना/छाता नै नराखी टिभी हेर्न सकिने खालको सेवा सुरु हुँदैछ । यस्तो सेवा प्रभु समूहले ‘प्रभु टिभी’ मार्फत दिन लागेको हो ।
डाइरेक्ट टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक टेलभिजन प्रविधि डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) भित्र्याएको हो ।
यही प्रविधिमा प्रभु टिभीको परीक्षण प्रशारण भइरहेको प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले अनलाइनखबरलाई जानकारी दिए । उनले अब टेलिभिजिनका ग्राहकलाई एनालगबाट डिजिटलमा जान सहज प्रविधि आएको उनको भनाइ छ ।
यो प्रविधिमा आधारित भएर ग्राहकले महिनामा ३ सय रुपैयाँमा नै डिजिटल टेलिभिजन हेर्न पाउने भट्टचनले बताए । यो अन्यभन्दा सस्तो र स्तरीय भएकाले ग्राहकको रोजाइमा पर्नेमा प्रभु टिभी विश्वस्त छ ।
‘हामीले सबै तयारी सकेका छौं । सफल परीक्षण पनि भएको छ,’ उनले भने,’अबको एकमहिनाभित्रै व्यवसायिक परीक्षण गरेर बिक्री वितरण खुला गर्छौं ।’
टेरेस्ट्रियल नै भएपनि प्रभु टिभीले आफूले सेवा दिने क्षेत्रका ९० प्रतिशत क्षेत्रमा एन्टेना नै राख्नु नपर्ने बताएको छ । कम्पनीले ग्राहकलाई दिने डिभाइसले नै च्यानलहरु रिसिभ गर्नेछ । प्रभुले डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिनेछ ।
‘९० प्रतिशत च्यालनमा एन्टेना राख्नै पर्दैन । केहीमा भने राख्नुपर्ने हुन सक्छ । सीधै डिभाइसले नै टभिी च्यानल रिरिभ गर्छ,’ अध्यक्ष भट्टचनले भने,’यो निकै सहज खालको टेलिभिजन प्रविधि हुनेछ ।’
टेरेस्ट्रियल प्रविधिका टेलिभिजनका लागि केही टेलिभिजन कम्पनीले सञ्चार मन्त्रालयबाट लाइसेन्स लिइसकेका छन् । त्यसमध्ये प्रभु टिभीले पहािलेपटक यो प्रविधिमा प्रशारण थालेको हो । अब सिग्नल रिसिभ गर्ने विकसित डिभाइस राख्दा एउटा च्यानल मात्रै होइन, सयौं च्यानल प्याकेजमै लिन सकिने छ ।
‘बेसिकमा कति च्यानल दिने र कस्ता-कस्ता प्याकेज बनाउने भन्ने टुंग्याउन बाँकी छ । सेवा सुरु हुने अघि हामी सबै घोषणा गर्छौं,’ भट्टचनले भने ।
टरेस्ट्रियल प्रसारण गर्ने टेलिभिजनले फ्रिक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ-सेकेन्ड जेनेरेसन टेरेस्ट्रियल (डीभीबी-टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्ट्रियल पनि भनिन्छ ।
यो प्रविधिका लागि पनि टेलिभिजन प्रसारण अनुमति लिन १ करोड रुपैयाँ शुल्क लाग्छ । नेपालमा सुरुवातमा टेरेस्ट्रियल प्रविधिको प्रयोग गरेरै टिभी हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ ।
अब प्रभुमार्फत टेरेस्ट्रियलकै सेकेण्ड जेनेरेशन पनि बजारमा आउँदैछ । यो प्रविधिको प्रतिस्पर्धा मुलतः डीटीएचसँग हुने देखिएको छ ।
अहिले टेरेस्ट्रियलको अनुमति लिएका टेलिभिजनहरुले ४०/४० मेगाहर्ज  फ्रिक्वेन्सी पाएका छन् । उनीहरुका लागि छुट्टाछुट्टै ब्याण्डमा सञ्चालन अनुमति लिएका हुन् । यो प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट-टप बक्स अनिवार्य गरिएको छ ।
प्रभु टेलिभिजनले काठमाडौं, पोखरा र चितवनबाट यो सेवको सुरुवात गर्न लागेको अध्यक्ष भट्टचनले बताए । त्यसपछि पूर्वको इटहरी, धरान लगायतका क्षेत्रमा पनि प्रभु टिभीको सेवा विस्तार गरिने उनले बताए ।
डीटीटी सेवा प्रदायकले विभिन्न स्थानमा प्रसारण केन्द्र राखेर सिग्नल रिले गर्छन् । टेरेस्ट्रियलमा सबैभन्दा विकसिति प्रविधि प्रभुले भित्र्याएको छ ।
सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन । अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा अब यो पनि प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्ट्रियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।
यसका सजिला पक्षहरुले ग्राहकलाई थप आकषिर्त गर्नेछ । तर, टेलिभिजन प्रसारकले दिने सुविधामा नै यसको बजार निर्भर हुनेछ । यो फूल एचडी क्वालिटीको भिडियोयुक्त टिभी भएकाले धेरै रुचाइने अपेक्षा छ ।
यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ ।
टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने दावी कम्पनीको छ । यो प्रविधिमा च्यानल रिसिभ गर्ने डिभाइसँगै टेलिभिजनसेटलाई यता-उता सारेर हर्ेा सकिने भएकाले निकै उपयोगी पनि हुने विश्वास छ ।
Source: Onlinekhabar

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages