पर्यटनमन्त्री अधिकारीको घोषणा : जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, April 17, 2018

पर्यटनमन्त्री अधिकारीको घोषणा : जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन



४ बैशाख, काठमाडौं । सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको
पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

उनले सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पारे ।
मंगलबार काठमाडौंमा पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि बताए । सरकारले छिट्टै झापाको भद्रपुरमा नाइटमा विमान चलाउने व्यवस्था गर्दैछ । पोखरामा भने तत्काल सम्भव नरहेको पनि मन्त्री अधिकारीले स्पष्ट पारे ।
मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्‍याउने महत्वकांक्षी योजना पनि अघि सारे । उनले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तीमा पनि २५ प्रतिशत योगदान दिनुपर्ने तर्क समेत गरे ।
सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ ।
मन्त्री अधिकारीले अब कम्तीमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रले दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि स्वीकार गरे ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन सरकारले विज्ञहरुसँग नियमित परामर्श गर्ने पनि बताए 

Source : Onlinekhabar

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages