तपाईको साताको राशिफल हेर्नुस्.. - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, April 3, 2015

तपाईको साताको राशिफल हेर्नुस्..

    • मिति: २०७१ चैत्र २१ शनिबार
    • मेष
      चु, चे, चो, ला, लि, लु, ले, लो, अ
      साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनिबार कार्यसिद्धिदायक रहनेछ। आइत, सोम, मंगलबार मावलीपक्ष सहयोगी रहनेछ। पारवहनसम्बन्धी काम बन्नेछ। बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार मध्यम रहनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    साताको सुरु र अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार सामान्यतया निर्णायक रहनेछ। आइत, सोम, मंगलबार शत्रु पराजित हुनेछन्। बुध, बिहीबार तुलनात्मक रूपमा सुखद रहनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    साताको अन्तिम अनुकूल रहनेछ। शनिबार दुविधा र त्रासबाट प्रभावित रहनेछ। आइत, सोम, मंगलबार व्यर्थ चिन्ता र आग्रहले दु:ख दिन सक्नेछ। बुध, बिहीबार पराक्रम बढ्नेछ। शुक्रबार निकै सुखद र रमाइलो रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निर्णायक कामको जिम्मा बढ्नेछ। आइत, सोम, मंगलबार भयप्रद रहनेछ। बुध, बिहीबार सावधायोग्य रहनेछ। शुक्रबार आटेताकेको काम सजिलैसँग सम्पन्न हुनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साताको सुरुका दिन अनुकूल रहनेछ। शनिबार अर्थोपार्जन हुनेछ। आइत, सोम, मंगलबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ। यश, कीर्ति मिल्नेछ। बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार मध्यम प्राय: रहनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    साता मिश्रित रहनेछ। शनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। कामप्रति जाँगर बढ्नेछ। आइत, सोम, मंगलबार मध्यम रहनेछ। बुध, बिहीबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ। शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    साता सरदर खालको रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ। आइत, सोम, मंगलबार भाग्योदयकारक रहनेछ। बुध, बिहीबार मध्यम रहनेछ। शुक्रबार उत्तरदायित्व बढ्नेछ। सामाजिक कार्यक्रममा सहभागी भइनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    साता मिश्रित खालको रहनेछ। शनिबार निकै लाभदायक रहनेछ। मनमा शान्ति मिल्नेछ। आइत, सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बिहीबार उपयुक्त अवसर प्राप्त हुनेछ। उन्नति प्रगति हुनेछ। शुक्रबार मध्यम रहनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साताका प्राय: दिन अनुकूल रहनेछन्। शनिबार कामकाज सहज र सरल रूपमा सम्पन्न हुनेछ। आइत, सोम, मंगलबार सबै प्रकारले अनुकूल रहनेछ। बुध, बिहीबार काममा व्यवधान बढ्नेछ। शुक्रबार भाग्यवृद्धि हुनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    साताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार दानशील रहनेछ। आइत, सोम, मंगलबार मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ। बुध, बिहीबार उपयुक्त रहनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    साताको अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार हानिकारक रहन सक्नेछ। आइत, सोम, मंगलबार मध्यम प्राय: रहनेछ। बुध, बिहीबार आटेताकेको काममा सफलता मिल्नेछ। शुक्रबार प्राप्तिका स्रोतहरू खुल्नेछन्।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार सुखद र सहज रहनेछ। आइत, सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बिहीबार मध्यम रहनेछ। शुक्रबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ मन प्रसन्न रहनेछ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages