थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, April 16, 2015

थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा

थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा

राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद बैठकको निर्णय



३ वैशाख, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एक दिन सार्बजनिक विदा दिने निर्णय गरेको छ ।
Surya-Bdr-Thapaविहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । भारतको नयाँदिल्लीमा उपचारको क्रममा बुधबार राति थापाको निधन भएको थियो ।
थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।
त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिरलाई राप्रपा केन्द्रीय कार्यालय चाबहिल र दशरथ रंगशालामा राखिने छ ।
थापाको निधनमा राप्रपाले १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages