- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, April 9, 2015

चीनले सगरमाथा हुँदै काठमाण्डुसम्म रेल ल्याउँदै

rel

काठमाण्डु, २७ चैत–चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाण्डुसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो।
नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ।
तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपुर्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।
नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।
चिनियाँ विज्ञ वाङ मेङ्सुका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्फत चीनबाट काठमाण्डु आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ।
चिनियाँ विदेशमन्त्री वाङ् यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला पनि सुरुङ मार्ग बनाउने विषय उठान भएको जनाइएको छ।
अन्नपूर्णपोस्ट दैनिकबाट

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages