ठूला र मध्यम तीन दर्जनभन्दा बढी, ४ म्याग्निच्युडभन्दा कमका सयौंपटक रेकर्ड - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, April 25, 2015

ठूला र मध्यम तीन दर्जनभन्दा बढी, ४ म्याग्निच्युडभन्दा कमका सयौंपटक रेकर्ड

ठूला र मध्यम तीन दर्जनभन्दा बढी, ४ म्याग्निच्युडभन्दा कमका सयौंपटक रेकर्ड 


(0 votes)
ठूला र मध्यम तीन दर्जनभन्दा बढी, ४ म्याग्निच्युडभन्दा कमका सयौंपटक रेकर्ड
काठमाडौं-गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर बिहान ११:५६ बजे गएको ७.६ म्याग्निच्युड स्केलको शक्तिशाली महाभूकम्पपछि एकपछि अर्को गर्दै आइतबार बिहानसम्म करिब चार दर्जन धक्काले नेपालका सबै भूभाग, भारतको दिल्ली र तिब्बतको पठारसम्म लगातार हल्लाइरहेको छ।

शनिबार गएका भूकम्पमध्ये बारपाक केन्द्रबिन्दुको पहिलो कम्पन नै सबैभन्दा शक्तिशाली रहेको भूगर्भशास्त्री बताउँछन्। उनीहरूका अनुसार उक्त भूकम्प विसं १९९० सालको महाभूकम्पपछिको ठूलो भूकम्प हो। १० किलोमिटर गहिराइबाट उत्पत्ति भएको पहिलो कम्पन करिब १ मिनेट अनुभव गरिएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार पहिलो ठूलो भूकम्पलगत्तै रसुवाको उत्तरी क्षेत्र तिब्बत केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। १२ बजेर २३ मिनेटमा तिब्बतमा गएको भूकम्पपछि १२ बजेर ३० मिनेटमा अर्को शक्तिशाली कम्पन भयो, ६.६ म्याग्निच्युडको। त्यसको केन्द्रबिन्दु पनि बारपाकआसपास रहेको केन्द्रले रेकर्ड गरेको छ। बारपाक केन्द्रबिन्दु बनाएर गएका ७.६ म्याग्निच्युड र ६.६ म्याग्निच्युडका शक्तिशाली भूकम्प मानिन्छन्। दिउँसो २ बजेपछि साँझ ८ बजेसम्म गोरखाको बारपाक, रसुवाको उत्तरी क्षेत्र, तिब्बत, उत्तरी सिन्धुपाल्चोक र उत्तरी नुवाकोट केन्द्रबिन्दु बनाएर ४ देखि ६ म्याग्निच्युडका ३ दर्जनभन्दा बढी कम्पन गएको अधिकारीले जनाए। आम मानिसले सजिलै अनुभव गर्न नसक्ने ४ म्याग्निच्युड र त्यसभन्दा साना कम्पन सयौंका संख्यामा गएको उनले जानकारी दिए। छिनछिनमा मध्यमखाले भूकम्प प्रशस्त गएको अवस्थाले भूतल बिस्तारै स्थिरतातर्फ उन्मुख रहेको विश्लेषण अधिकारीको छ। उनले भने,‘अवस्था स्थिरतातर्फ उन्मुख भन्न सकिन्छ, तर पनि सतर्क र सुरक्षित भएर बस्नुपर्ने अवस्था छ, खतरा टरिसकेको भन्न मिल्दैन।'

खानी विभागका वरिष्ठ भूगर्भशास्त्री सोम सापकोटा पनि सबैभन्दा ठूलो भूकम्पपछि ५ म्याग्निच्युडसम्मका ठूलो संख्यामा भूकम्प गएकाले भौगर्भिक अवस्था स्थिर हुन थालेको बताउँछन्। …ठूलो भूकम्पपछि लगातार गएका मध्यमखाले कम्पनका कारण भौगर्भिक शक्ति क्रमशः क्षीण हुँदै गएको भन्न सकिन्छ। यसलाई सुरक्षित अवस्थातर्फ उन्मुख अवस्था भन्न सकिन्छ,' उनले भने।
उनका अनुसार शनिबारको भूकम्प ९० सालयताकै सबैभन्दा ठूलो मानिए पनि क्षति र भूकम्पको प्रवृत्तिका आधार यी दुई भूकम्पको तुलना गर्न नमिल्ने बताउँछन्। सापकोटा भन्छन्, …आज गएको भूकम्प शक्तिशाली हो, यो ९० सालपछिको ठूलो हो, तर भूकम्पको प्रवृत्ति र क्षतिका आधार यी दुईको तुलना गर्न मिल्दैन। ९० सालको भूकम्प निकै ठूलो कम्पन थियो, त्यो महाभूकम्प थियो।'

स्थान म्याग्निच्यूड समय

गोरखा  ७. ६  ११:५६
तिब्बत ५.५,  १२:२३
उत्तरी रसुवा    ६.६,  १२:३०
उत्तरी रसुवा    ५. ७,  १२:४१
उत्तरी रसुवा    ५.३  १२:५३
उत्तरी रसुवा     ५.१  १:३२
उत्तरी सिन्धुपाल्चोक  ५.२  २: ०२
सिन्धुपाल्चोक    ५.१  २:०५
गोरखा           ५.२  २:१४
गोरखा, रसुवा, सिन्धुपाल्चोक, तिब्बत  ५ भन्दा माथिका ७ वटा २:२३ देखि ५ बजेसम्म
सिन्धुपाल्चोक  ४.६  ५:२६
नुवाकोट  ५ ६:०२
सिन्धुपाल्चोक ५.७ ६:२९
नुवाकोट  ४.६  ७:३४
नुवाकोट  ७.३५
त्यसपछि गएका भूकम्पको स्थान, म्याग्निच्यूड र समय जानकारीमा आउन सकेको छैन।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages