तत्काल पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने सम्भावना न्युन - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, October 17, 2015

तत्काल पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने सम्भावना न्युन


काठमाडौं– गत असोज ३ गते नेपाल संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतले लगाएको अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।
इन्धन र उपभोग्य सामान बोकेका भारतीय गाडीहरू नेपाल भित्रिंदा सुरक्षा खतरा हुने बाहना बनाउँदै भारतीय पक्षले सीमामा कडाई गरेको हो । सो बीचमा नेपाल आयल निगमले भारतीय आयल निगमलाई पटक पटक सम्झौताअनुसार इन्धन दिन आग्रह गर्दै आएपनि भारतीय निगमले इन्धन भरिदिन आनाकानी गर्दै आएको छ ।
यही अवस्थामा भारतीय निगमसँग वार्ताका लागि दिल्ली पुगेको निगमका उच्च अधिकारीसँग भारतीय पक्षले भेट नदिएको खुल्न आएको छ । भारतीय आयल निगमका अध्यक्ष बी अशोकसँग आयल निगमका कार्यवाहक निर्देशक मुकुन्दप्रसाद घिमिरेले शुक्रबार भेट्ने तय भएको थियो । तर, बिनाकारण अध्यक्षसँगको भेटघाट रद्द भएको जबाफ भारतीय पक्षले दिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारतसँगको द्विपक्षीय आर्थिक मामिला हेर्ने सहसचिव ढुण्डीराज पोख्रेलले जानकारी दिए ।

भारतसँगको सम्बन्ध सुधार्न भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शनिबारदेखि भारत भ्रमण गर्नै लागेको अवस्थामा भारतीय अधिकारीले निगमका अधिकारसँग आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न नचाहेको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages