सभासद् बनाए बापत् खनालले पाँच करोड मागे - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, October 26, 2015

सभासद् बनाए बापत् खनालले पाँच करोड मागे



विराटनगर: एमालेकी सभासद् राज्यलक्ष्मी गोल्छाले तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले सभासद्को सिटबापत आफूसँग पाँच करोड रुपैयाँ मागेको खुलासा गरेकी छन्। 
 
सभासद् बनाउनुअघि आफूसँग खनालले त्यति रकम मागेको गोल्छाले बताएकी हुन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर उनले एमाले पार्टीलाई आफूले विभिन्न चरणमा सात करोड रुपैयाँभन्दा बढी रकम दिइसकेको दाबी गरिन्।
 
'केन्द्रीयदेखि स्थानीय नेता र पार्टीलाई निकै आर्थिक सहयोग गरेकी छु', गोल्छाले भनिन्, 'आर्थिक सहयोगको हिसाब गर्ने हो भने सात करोड रुपैयाँभन्दा बढी छ।' प्रधानमन्त्री निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुँदा मतदान गर्न संसद्मा उपस्थित नभएको भन्दै सभासद् पदबाट राजीनामा गर्न उनलाई एमाले नेतृत्वले चर्को दबाब दिएको थियो।
 
'कुनै पनि हालतमा सभासद् पदबाट राजीनामा दिन्‍नँ, उनले भनिन्, ‘मलाई के कारणले सभासद् पदबाट हटाइन लागेको हो, त्यसको प्रस्टीकरण पार्टीले दिनुपर्छ।' उनले प्रधानमन्त्री निर्वाचनका बेला आफू उपचारका क्रममा भारतमा रहेको र त्यसबारे पार्टी अध्यक्ष ओली र सचेतक अग्नि खरेललाई जानकारी गराएको बताइन्। 
 
आफूलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा गर्न भनिएको दुखेसो गोल्छाले पोखिन्।उनले पार्टी नेताहरू गोकर्ण बिष्ट, सभासद् ऋषिकेश पोखरेल, युवा संघका उपाध्यक्ष गोविन्द थापा, योगेश भट्टराई, प्रदीप ज्ञवालीलगायतले पटकपटक फोन गरेर राजीनामा दिन दबाब दिएको आरोप पनि लगाइन्।
 
गोल्छाले आफूले सभासद् कोष र पारि श्रमिकबापतको रकम पनि पार्टीलाई नै दिने गरेको प्रस्ट पारिन्। उनले आफूबाट पैसा लिएका नेताहरूको नामावली सार्वजनिक गर्ने संकेत गरेकी छन्।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages