फेसबुकको भिडियाे अटो प्ले हुँदा सकिन्छ धेरै डाटा, यसरी बन्द गर्नुहाेस् - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, October 9, 2015

फेसबुकको भिडियाे अटो प्ले हुँदा सकिन्छ धेरै डाटा, यसरी बन्द गर्नुहाेस्


फेसबुकले दिनप्रतिदिन आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचरहरु ल्याइरहेको छ।
 
यसै क्रममा केही दिनदेखि फेसबुक खोल्दा यसम पोस्ट भएका भिडियोहरु अटो प्ले भइरहेका छन्। हेर्न चाहे पनि नचाहे पनि यी भिडियोहरु आफैँ चलिरहेका हुन्छन्।
 
फेसबुकले इन्टरनेट र सामाजिक संजालको क्षेत्रमा आफ्नो पकपड जमाउँदै भिडियो जगतमा पनि आफ्नो बलियो स्थान बनाउने प्रयासको नतिजा हो यो। 
 
भिडियो हेर्नुका धेरै फाइदाहरु हुन सक्छन् तर नचाहेका भिडियो पनि हेर्नु पर्दा भने हैरानी हुनसक्छ। 
 
त्यस्तै यसरी अटो प्ले हुँदा हाम्रो डाटा पनि सकिँदै जान्छ। एक अन्तराष्ट्रिय टेक ब्लगका अनुसार यी भिडियोहरुको धेरै कम्प्रेस गरिएको हुन्छ र बिना बफरिङ प्ले हुने गरी साना बनाइएका हुन्छन्। त्यस्तै यसले विशेषगरी मोबाइल र डाटा प्याकेजमा इन्टरनेट चलाउनेहरुको डाटा खपत पनि बढाएको पाइएको छ। 
 
फेसबुकमा अटोप्ले हुने भिडियोहरु बन्द गर्नका लागि सजिलो उपाय छ। 
 
आफ्नो फेसबुकको सेटिङमा गएर बाँया पट्टि रहेको भिडियोजमा क्लिक गर्ने। त्यसपछि त्यहाँ आउने दोस्रो अप्सन अटो प्ले भिडियोको बटन जहाँ डिफल्ट अप्सन रहेको हुन्छ त्यसमा क्लिक गरेपछि अन र अफको पनि अप्सन आउँछ। त्यसमा अफ अप्सन छानेपछि भिडियो आफैँ चल्न बन्द हुनेछ। 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages