भारतसँग तेल सम्झौता खारेज - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, October 8, 2015

भारतसँग तेल सम्झौता खारेज

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन आइओसीसँग गरेको सम्झौता बिहीबार खारेज भएको छ । नागरिक दैनिकमा समाचार छ ।
 
करिव २ महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम बैकल्पिक व्यवस्था निम्ति यस्तो रणनीति लिन बाध्य भएको हो ।
 
नेपाल र भारत दुई देशका सरकारी कम्पनीबीच भएको सम्झौता भएकाले निगम आफैँले खारेज गर्न सक्छ ।
 
उक्त सम्झौताअनुसार आइओसीले निगमलाई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ निर्वाधरुपमा उपलब्ध गराउनुपर्छ । तर, नेपालमा नयाँ संविधान जारी भएको विषयलाई लिएर बखेडा झिक्दै भारतले दुई सातादेखि अघोषित नाकाबन्दी लगाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages